माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन कृष्णपुर नगरको अध्यक्षमा चौधरी

कञ्चनपुर, ११ मंसिर
नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु भएका छन । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि यस अघि वडा सम्मेलन सकेर माओवादी केन्द्रले शनिबारदेखि पालिका सम्मेलन शुरु गरेको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता लाल परियारले कञ्चनपुरमा पनिपालिका सम्मेलन शुरु भएको बताए । नेता परियारका अनुसार पहिलो दिन भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा सम्मेलन शुरु भएका छन ।
माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, सह इन्चार्ज लक्ष्मण दजत्त जोशी सचिव देविलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट, ओम विक्रम भाट (सरल) लगायतका केन्द्र, प्रदेश जिल्लाका नेताहरुको उपस्थितिमा पालिका सम्मेलन शुरु भएका छन ।
पालिका सम्मेलनबाट नेतृत्व सहित कार्य योजना पारित गरिने नेता परियारले बताए । बाँकी पालिहरुमा क्रमिक रुपमा हुने बताए । माओवादी केन्द्र कञ्चनपुर राष्ट्रिय सम्मेलनको तयारीका लागि विवादरहित ढङगबाट अघि बढेको उनको भनाई छ । जिल्लाका ९ पालिकामा ९२ वडाहरुमा सम्मेलन सकेर पालिका सम्मेलनमा जुटेको छ ।
नेकपा माओवादी केन्द्र कृष्णपुरको अध्यक्षमा जोगराज चौधरी चयन भएका छन । शनिबार माओवादी केन्द्र कृष्णपुरको प्रथम नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरमा जिल्ला सदस्य अर्जुन साउदले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए । उनका अनुसार अध्यक्षमा जोगराज चौधरीको अध्यक्षमा ६५ सदस्यीय नगर कमिटि विस्तार भएको छ । उपाध्यक्ष पुनाराम चौधरी, लक्ष्मण ओड, मख्खन दहित, सचिव जगदिश मल्ल, सह सचिव सरद साउद, कोषाध्यक्ष रोजना खत्री सहितका ६५ सदस्यीय चयन भएका छन । माओवादी केन्द्र कृष्णपुरको नवनिर्वाचित कमिटलाई माओवादी केन्द्रका केन्द्रंीय सदस्य तथा सुप प्रदेश सह इन्चार्ज लक्ष्मण दत्त जोशीले सपथ ग्रहण गराएका छन । कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय, प्रदेश एव जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?