अखिल क्रान्तिकारी कञ्चनपुर संगठन विस्तारमा

भदौ १५ कञ्चनपुर । १५ भदौँ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुरका पालिका तहमा संगठन विस्तार गरिरहेको छ । शैक्षिक विकृती विसङगत नियन्त्रण एव जिल्ला र केन्द्रीय सम्मेलनका लागि भन्दै क्रान्तिकारीले जिल्लाका पालिका स्तरमा संगठन विस्तारमा जुटेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पुर्ववत एमाले–माओवादी केन्द्र एक हुँदा विद्यार्थी संगठन सकृय हुन नसक्दा शैक्षिक माफियाको चलखेल बढेकाले अब शैक्षिक विकृती रोक्दै शिक्षा क्षेत्रमा सुधारका लागि क्रान्तिकारीले हरेक विद्यार्थी, क्याम्पस विश्वविद्यालय सहित पालिकामा स्तरमा समेत साँगठानिक संरचनाको खाँचो परेकाले कञ्चनपुरका पालिकामा संगठन विस्तार अभियान शुरुवात भएको बताए । क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले मंगलबार बेलडाँडी गाँउपालिकामा सगठन विस्तार गरिएको बताए ।

अखिल क्रान्तिकारी बेलडाँडीको भेलाले नरेन्द्र शाहको अध्यक्षतामा संगठन विस्तार भएको छ । उपाध्यक्ष दिनेश ठगुराठी, कमला जोशी, सचिव दिनेश जोशी, सह–सचिव ललित साउद, पार्वती भट्ट, रेशाख शाह, कोषाध्यक्ष जगत रावल चयन भएका छन । भने सदस्यहरुमा विद्या शाह, विमला लुहार, महेश साउद,किरण कुँवर, निरज भट्ट, महेश भट्ट, कमलेश चौधरी, दिपक जोशी, धर्मेन्द्र कलौनी, लक्ष्मण भट्ट, सागर भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र बेलडाँडीकी नेतृद्वय कल्पना गिरी, रमा विष्ट, माओवादी नेताहरु भुवन एकसे, मोहन गिरी, वाईसियल इन्चार्ज तेज बहादुर शाह, क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्ट सहितको उपस्थितिमा संगठन विस्तार भएको हो ।

भदौँ २४ गते हुने जिल्ला सम्मेलन तयारी कमिटि बेलडाँडी बेलौरी इन्चार्ज समेत रहेका क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्टले शैक्षिक सुधार, गुणस्तरिय शिक्षा र शिक्षा क्षेत्रमा देखिएका शैक्षिक विकृति हटाउनका लागि क्रान्तिकारीले शसक्त रुपमा संघर्ष गर्नुपर्नेमा निर्दिष्ट गरेका थिए ।

अन्य पालिकाहरुमा समेत क्रमित रुपमा संगठन विस्तार हुने क्रान्तिकारी उपाध्यक्ष एव सम्मेलन तयारी आयोजक कमिट बेलडाँडी बेलौरी इन्चार्ज कैशालचन्द्र गिरीले बताए ।

ताजा खबर

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?