अनाथ बालबालिकालाई कपडा वितरण

भदौँ १४  कञ्चनपुर,

कञ्चनपुरका अनाथ बालबालिकालाई कपडा वितरण गरिएको छ । भारतबस्दै आएका एक नेपाली मुलका नागरिकले महाकाली अञ्चल बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई कपडा वितरण गरेका छन ।

भारतको गुजरातमा फुड प्रिन्सिस एसी फेमली रेष्टुरेष्टका संचालक समेत रहेका उत्तराखण्ड चम्पावत गडिगोठका स्थानीय सुन्दर सिह विष्टले अनाथ बालबालिकालाई श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर एक एक जोर लुगा वितरणका साथै खिर, फलफुल एव नगद दक्षिणा वितरण गरेका हुन ।

विष्टले बाह्रदेब ज्यावन समाज कञ्चनपुर मार्फत सोमबार अनाथालयमा कपडा वितरणका साथै खिर, फलफुल खुवाउनुका साथै प्रति बालबालिका ५० रुपैयाका दरले दक्षिणा वितरण गरेका छन । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका महेन्द्रनगर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष एव कञ्चनपुरका समाजसेवि मानसिह बोहराले नेपालका अनाथ बालबालिकाको पीडामा मलम लगाउने काम गरेको भन्दै विष्टप्रति आभार प्रकट गर्नुभयो ।

प्रमुख अथिति समेत रहेका बाह्रदेब ज्यावन समाज कञ्चनपुरका अध्यक्ष गोपाल सिह धामीले समाजलाई विश्वास गरेर अनाथ बालबालिकाको समस्या बुझिदिएकोप्रति आभार प्रकट गर्दै व्यक्तिगत तथा समाजको तर्फबाट बेसाहरा बालबालिकालाई सहयोग गर्ने प्रण गरे । महाकाली अञ्चल बाल अनाथालयका प्रमुख शंकर चन्दले सरकारबाट अनुदान कटौतीप्रति यस्तै समाजसेवि पुण्य व्यक्तित्वहरुबाट आउने सहयोगले अनाथालय संचालनमा रहेको बताए ।

कार्यक्रममा बाह्रदेब ज्यावन समाज कञ्चनपुरका सल्लाहकारद्वय गगन धामी, जगत बहादुर धामी, समाज बेदकोट ७ का सदस्य श्याम बहादुर धामी, गणेश सिह धामीले शुभकामना मन्तव्य राख्दै बेसाहारा बालबालिकालाई सहयोगको अपेक्षा राखे । बाल अनाथ सुदिप नायकले धनबिनाको मन र मनविनाको धनको गित गाएर सबैको मन छोएका थिए । बाह्रदेब ज्यावन समाज भीमदत्त नगरपालिका ८का वडाध्यक्ष जगत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाह्रदेब ज्यावन समाज कञ्चनपुरका सचिव नर बहादुर धामीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा अनाथ बालबालिका सहित समाजका प्रतिनिधी, अनाथालयका कर्मचारी, संचारकर्मी सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?