अनाथ बालबालिकालाई कपडा वितरण

भदौँ १४  कञ्चनपुर,

कञ्चनपुरका अनाथ बालबालिकालाई कपडा वितरण गरिएको छ । भारतबस्दै आएका एक नेपाली मुलका नागरिकले महाकाली अञ्चल बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई कपडा वितरण गरेका छन ।

भारतको गुजरातमा फुड प्रिन्सिस एसी फेमली रेष्टुरेष्टका संचालक समेत रहेका उत्तराखण्ड चम्पावत गडिगोठका स्थानीय सुन्दर सिह विष्टले अनाथ बालबालिकालाई श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर एक एक जोर लुगा वितरणका साथै खिर, फलफुल एव नगद दक्षिणा वितरण गरेका हुन ।

विष्टले बाह्रदेब ज्यावन समाज कञ्चनपुर मार्फत सोमबार अनाथालयमा कपडा वितरणका साथै खिर, फलफुल खुवाउनुका साथै प्रति बालबालिका ५० रुपैयाका दरले दक्षिणा वितरण गरेका छन । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका महेन्द्रनगर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष एव कञ्चनपुरका समाजसेवि मानसिह बोहराले नेपालका अनाथ बालबालिकाको पीडामा मलम लगाउने काम गरेको भन्दै विष्टप्रति आभार प्रकट गर्नुभयो ।

प्रमुख अथिति समेत रहेका बाह्रदेब ज्यावन समाज कञ्चनपुरका अध्यक्ष गोपाल सिह धामीले समाजलाई विश्वास गरेर अनाथ बालबालिकाको समस्या बुझिदिएकोप्रति आभार प्रकट गर्दै व्यक्तिगत तथा समाजको तर्फबाट बेसाहरा बालबालिकालाई सहयोग गर्ने प्रण गरे । महाकाली अञ्चल बाल अनाथालयका प्रमुख शंकर चन्दले सरकारबाट अनुदान कटौतीप्रति यस्तै समाजसेवि पुण्य व्यक्तित्वहरुबाट आउने सहयोगले अनाथालय संचालनमा रहेको बताए ।

कार्यक्रममा बाह्रदेब ज्यावन समाज कञ्चनपुरका सल्लाहकारद्वय गगन धामी, जगत बहादुर धामी, समाज बेदकोट ७ का सदस्य श्याम बहादुर धामी, गणेश सिह धामीले शुभकामना मन्तव्य राख्दै बेसाहारा बालबालिकालाई सहयोगको अपेक्षा राखे । बाल अनाथ सुदिप नायकले धनबिनाको मन र मनविनाको धनको गित गाएर सबैको मन छोएका थिए । बाह्रदेब ज्यावन समाज भीमदत्त नगरपालिका ८का वडाध्यक्ष जगत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाह्रदेब ज्यावन समाज कञ्चनपुरका सचिव नर बहादुर धामीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा अनाथ बालबालिका सहित समाजका प्रतिनिधी, अनाथालयका कर्मचारी, संचारकर्मी सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?