सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको चौरपाटीले मनपरी भाडा अशुल्दै

अछाम,११ जेठ । अछामको चौरपाटी गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्सले आफ्नै निर्णय विपरित भाडा अशुल्दै आएको छ । गाउँपालिकाले आमाको सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीलाई एम्बुलेन्स सेवा निशुल्क दिने भनेपनि केही महिना यता एम्बुलेन्सले भाडा अशुल्न थालेको हो ।

यसअघि एम्बुलेन्सले सुत्केरी महिला बाहेकका विरामीबाट पैसा लिदैं आएको भए पनि केही महिना यता भने सुत्केरी महिलाबाटै पनि भाडा अशुल्दैं आएको स्थानीयहरुले बताएका छन । गाउँपालिकाकै नियम विपरित एम्बुलेन्सले सुत्केरी महिलालाई स्वास्थ्य चौकी सम्म पुर्याएको भाडा लिन थालेपछि चर्को विरोध हुन थालेको छ ।

गाउँपालिकाले आफ्नो लोकप्रियताका लागि सुत्केरी महिलाबाट भाडा नलिने निर्णय गरेपनि अहिले आएर एम्बुलेन्सले चर्को भाडा अशुल्दै आएको आरोप लागेको छ । अहिले एम्बुलेन्सले पालिका भित्रकै विभिन्न वडाका ठाउँबाट सुत्करी महिलालाई चौरमाण्डौ स्वास्थ्य केन्द्र सम्म ओसारपसार गरेको फरक फरक शुल्क लिने गरेको छ ।

गाँउपालिकाले डिजेलको लागि पैसा नदिएकाले आफुले सुत्केरी महिलाका आफ्न्तबाट पैसा लिन थालेको एम्बुलेन्स चालक चक्र बहादुर थापाले स्वीकार गरेका छन । केही महिना अगाडी गाउँपालिकाले डिजेलका लागि पैसा नदिएकाले हप्ता दिन सम्म एम्बुलेन्स नचलाएको उनले सुनाए ।

“गाउँपालिकाबाट डिजेलको लागि समेत पैसा नपाएपछि हप्ता दिनसम्म मैले एम्बुलेन्स चलाएको थिएन’,उनले भने,‘अहिले आफुले सुत्केरीबाट समेत पैसा लिएर सेवा दिदैं आएको छु ।” अहिले एम्बुलेन्सले कच्ची सडकमा प्रतिकिलो मिटरको एक सय रुपैया र पक्की सडकमा प्रतिकिलो मिटरको ५० रुपैया लिदै आईरहेको छ । यसरी सुत्केरी महिलाबाट पनि एम्बुलेन्सले शुल्क लिन थालेपछि गाउँपालिकाको नियम विपरित लिएको पैसा फिर्ता गर्नु पर्ने स्थानीयको माग छ ।

यता गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साँउलले भने एम्बुलेन्समा पटक पटक डिजेल हालिरहेको दाबी गरे । “गाँउ बस्ती टोलका आमाहरुको सुविधाका लागि सुत्केरीलाई चौरमाण्डौ स्वास्थ्य केन्द्र सम्म ओसारपसार गर्दा शसल्क दिने गरेका छैनौ ।’, अध्यक्ष साँउदले भने, ‘बाँकी टाढा ठाँउमा पुगाएको खण्डमा एम्बुलेन्स चालकले ४ सय देखि ५ सय सम्म लिने गरेको छ । तर सुत्केरी महिलाबाट पनि शुल्क लिने गरेको कुरा आफुलाई थाहाँ छैन ।” यस्तै गाँउपालिकाले डिजेलको लागि पैसा नदिएको भन्ने कुरा सरासर गलत भएको र यसबारेमा चालक संग बुझ्ने उनले बताए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?