सर्वाेच्चमा २८ रिट निवेदन दर्ता

काठमाडौँ, जेठ ११ गते । विघटित प्रतिनिधि सभा पुनस्र्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा २४ रिट निवेदन दर्ता भएका छन् । यस्तै चार रिट बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरताको पक्षमा आदेश माग गरिएको छ । प्रतिनिधि सभा विघटन प्रकरणमा कुल २८ रिट सर्वोच्चमा दायर भएको सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
विघटित प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता देउवा मूल निवेदक रहेर १४६ जना तत्कालीन सांसदको पनि रिट दर्ता भएको छ । निवेदक १४६ मध्ये १३९ जना स्वयं उपस्थित भएका छन् । छ जनाले आफ्ना प्रतिनिधिमार्फत अनुमति दिएका छन्; जसमा पुनस्र्थापना मागसहितका २४ र बहालवाला प्रधानमन्त्रीमा ओलीकै निरन्तरता माग गरिएका चार निवेदन छन् । दर्ता भएका रिटमध्ये नौवटा संवैधानिक इजलासमा पेस हुनेछन् । अन्य नियमित इजलासमा पेस हुनेछन् ।
देउवासहित विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहितका निवेदक रहनुभएका तत्कालीन सांसदहरू अदालत पुग्नुभएको थियो । देउवा मुख्य निवेदक रहनुभएको रिटमा काँग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, नेकपा (एमाले)को नेपाल पक्षका २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एकसमेतको सनाखतमा रिट दायर भएको हो । संसद्मा वैकल्पिक गठबन्धन बन्ने आधार कायम रहेको देखाउने उद्देश्यले निवेदक तत्कालीन सांसदहरू अदालतमा उपस्थित भई सनाखत गर्नुभएको हो ।
देउवासहितको निवेदनमा संविधानको धारा ७६ (५) अनुसार पेस भएको दाबीअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा र प्रधानमन्त्री ओली दुवैको दाबी खारेज गर्नुभएको थियो । उहाँले पेस गरिएका सदस्यहरूको हस्ताक्षरबाट विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नसक्ने निष्कर्ष निकाल्नुभएको थियो ।
यस्तै देउवाको निवेदनमा प्रतिनिधि सभा पुनस्र्थापनाको पनि माग गरिएको छ । धारा ७६ (५) को प्रधानमन्त्री चयन प्रक्रियाका लागि समर्थनमा हस्ताक्षर गरेका दलका सांसदहरूलाई प्रतिनिधि सभा सदस्यबाट कारबाही नगर्ने आदेशको पनि माग गरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?