यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार

जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताए । उनले भने, “यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या भएका बिरामी देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श सेवा दिएका छौँ ।”

गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मीको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका खगेन्द्र बोहोराले बताए । उनले भने, “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलेकाहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौँ । कहिले हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेर आफूहरुलाई ठूलो राहत भएको छ ।”

हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसाय गर्नेमध्ये सात जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० जनालाई स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?