कञ्चनपुरमा खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन[भिडियो]

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै कञ्चनपुरका युवाले खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

आईतबार विभिन्न माग राख्दै युवाहरुले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र पनि बुझाएका छन् । उनिहरुले कार्यालय अगाडी नाराबाजी पनि गरेका छन् ।

महिला तथा बालबालिका मैत्री क्वारेन्टिन नभएको,आइसोलेसन व्यवस्थित नभएको, महामारीमा पनि सासंद को तलव भक्ता बढाइएको तथा कोरोना परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, एमसिसी सम्झौता देशको हितमा नरहेको लगायतका विषय उठाउँदै महेन्द्रनगरमा प्रदर्शन भएको हो ।

कोरोना नियन्त्रणका लागि सरकार गम्भीर नभएको जनताको स्वास्थ्य सम्म खेलिरहेकोले आफूहरुले खाली खुट्टा हिडेर सरकार विरोधी प्रदर्शन गरेको विद्यार्थी धिरज जोशीले बताए ।

उनले भने ‘सरकारको लापरवाहीले गर्दा लम्कीमा क्वारेन्टिन भित्र महिलामाथि बलात्कार भयो । क्वारेन्टिन व्यवस्थित नहुदाँ धेरैले क्वारेन्टिनमा ज्यान गुमाएनु प¥यो । सरकार चुप बसेको छ । मजाक गरीरहेको छ । गम्भीर हुन सकेको छैन ।’

अब सरकारका यस्ता गलत गतिविधिलाई हेरेर युवाहरु चुप नबस्ने र यो प्रदर्शन जबसम्म सरकार जिम्मेवार बन्दैन तबसम्म जारी राख्ने प्रदर्शनकारीले बताएका छन् ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पिसिआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न, खर्च पारदर्शी बनाउन, सीमा सुरक्षा गर्न लगाएतका माग गर्दै युवाहरु स्वस्फूर्त खाली खुट्टा प्रदर्शनमा उत्रिएका हुन् ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?