कञ्चनपुरमा खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन[भिडियो]

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै कञ्चनपुरका युवाले खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

आईतबार विभिन्न माग राख्दै युवाहरुले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र पनि बुझाएका छन् । उनिहरुले कार्यालय अगाडी नाराबाजी पनि गरेका छन् ।

महिला तथा बालबालिका मैत्री क्वारेन्टिन नभएको,आइसोलेसन व्यवस्थित नभएको, महामारीमा पनि सासंद को तलव भक्ता बढाइएको तथा कोरोना परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, एमसिसी सम्झौता देशको हितमा नरहेको लगायतका विषय उठाउँदै महेन्द्रनगरमा प्रदर्शन भएको हो ।

कोरोना नियन्त्रणका लागि सरकार गम्भीर नभएको जनताको स्वास्थ्य सम्म खेलिरहेकोले आफूहरुले खाली खुट्टा हिडेर सरकार विरोधी प्रदर्शन गरेको विद्यार्थी धिरज जोशीले बताए ।

उनले भने ‘सरकारको लापरवाहीले गर्दा लम्कीमा क्वारेन्टिन भित्र महिलामाथि बलात्कार भयो । क्वारेन्टिन व्यवस्थित नहुदाँ धेरैले क्वारेन्टिनमा ज्यान गुमाएनु प¥यो । सरकार चुप बसेको छ । मजाक गरीरहेको छ । गम्भीर हुन सकेको छैन ।’

अब सरकारका यस्ता गलत गतिविधिलाई हेरेर युवाहरु चुप नबस्ने र यो प्रदर्शन जबसम्म सरकार जिम्मेवार बन्दैन तबसम्म जारी राख्ने प्रदर्शनकारीले बताएका छन् ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पिसिआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न, खर्च पारदर्शी बनाउन, सीमा सुरक्षा गर्न लगाएतका माग गर्दै युवाहरु स्वस्फूर्त खाली खुट्टा प्रदर्शनमा उत्रिएका हुन् ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?