भारतले बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा बसेका २ सय ४२ जनालाई नेपाल पठायो

महेन्द्रनगर । भारतले २ सय ४२ नेपालीलाई नेपाल पठाएको छ । भारतको बनबासा र टनकपुरस्थित रहेका ती नेपालीलाई भारतले नेपाल पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतको टनकपुर र बनबासास्थित क्वारेन्टिनमा रहेका २ सय ४२ जना नेपालीलाई भारतले नेपाल पठाएको छ ।

४२ दिनको क्वारेन्टिन अवधी पुरा गरेपछि भारतले उनिहरुलाई नेपाल पठाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

उनले भने ‘ भारतको बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा रहेका २ सय ४२ जना नेपाली नागरीकले ४२ दिनको क्वारेन्टिन अवधि पुरा गरेपछि भारतले उनिहरुलाई नेपाल पठाएको हो ।’

कञ्चनपुरको गड्डाचौकी नाका बाट नेपाल प्रवेश गरेका ती नेपाली नागरीकहरु सबैको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आ–आफ्नो घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

फाइल फोटो

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?