भारतले बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा बसेका २ सय ४२ जनालाई नेपाल पठायो

महेन्द्रनगर । भारतले २ सय ४२ नेपालीलाई नेपाल पठाएको छ । भारतको बनबासा र टनकपुरस्थित रहेका ती नेपालीलाई भारतले नेपाल पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतको टनकपुर र बनबासास्थित क्वारेन्टिनमा रहेका २ सय ४२ जना नेपालीलाई भारतले नेपाल पठाएको छ ।

४२ दिनको क्वारेन्टिन अवधी पुरा गरेपछि भारतले उनिहरुलाई नेपाल पठाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

उनले भने ‘ भारतको बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा रहेका २ सय ४२ जना नेपाली नागरीकले ४२ दिनको क्वारेन्टिन अवधि पुरा गरेपछि भारतले उनिहरुलाई नेपाल पठाएको हो ।’

कञ्चनपुरको गड्डाचौकी नाका बाट नेपाल प्रवेश गरेका ती नेपाली नागरीकहरु सबैको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आ–आफ्नो घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

फाइल फोटो

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?