शनिबार महेन्द्रनगरमा सप्तरङ्ग, आईडल रविदेखि महानायक राजेश हमालको बेजोड प्रस्तुति

महेन्द्रनगर– पर्यटन प्रवर्धन एंक समुन्नतिका लागि नेपालका सात शहर हुन लागेको सप्तरङ्ग कार्याक्रम शनिबार महेन्द्रनगरमा हुदैँछ । कार्तिक ३० गते महेन्द्रनगरको खुलामञ्चमा आयोजना हुने हुन लागेको उक्त कार्यक्रमको तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।

गृष्मा ब्रोडकाष्टिङ्ग प्रालीको आयोजनामा महेन्द्रनगरमा आयोजना भईरेहको सप्तरङ्गको तयारी अन्तिम चरण रहेको व्यवस्थापक करनसिंह पालले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमका अतिथिलाई निमन्त्रणसँगै कलाकारको बसाईको व्यवस्थापन भईसकेको छ भने कार्यक्रम स्थललाई पनि व्यवस्थीत गरि सरसफाई लगायका कामहरु भईरहेका छन् ।

पर्यटन प्रवर्धन एंक समुन्नतिका लागि नेपालका सात शहर हुन लागेको सप्तरङ्ग कार्याक्रम शनिबार महेन्द्रनगरमा हुदैँछ

कार्यक्रमको स्टेज, साउन्ड सिस्टम तथा लाइटिङ्गको व्यवस्थापनको जिम्मेवारी मुल आयोजक ब्रोडकाष्टिङ्ग प्राली नै गदैँ आएको छ । स्थानीय टिमले आयोजकलाई व्यवस्थापकीय एवं समन्वयको रुपमा सघाईरहेको व्यवस्थापक पालको भनाई छ ।

साथैे सप्तरङ्ग कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टद्धारा गराउने कार्यतालिका छ । साथै कार्यक्रमलाई सफल पार्ने स्थानीय समाज सेवि संघ संस्थाहरु स्वयमसेवक भुमिकामा रहनेछन् ।

नेपालका प्रमुख सात शहरमा सात कलाकारको अवधारण अनुरुप जारी कार्यक्रममा महानायक राजेश हमाल, चर्चित गायक प्रकाश सपुत, सुगम पोखरेल, गायिका मेलिना राई, हास्य कलाकार जितु नेपाल, नेपाल आइडल–२ विजेता रवि ओड र गायक हिमाल सागरले एउटै स्टेजमा प्रस्तुति दिनेछन् ।

नेपालका प्रमुख सात शहरमा सात कलाकारको अवधारण अनुरुप जारी कार्यक्रममा महानायक राजेश हमाल, चर्चित गायक प्रकाश सपुत, सुगम पोखरेल, गायिका मेलिना राई, हास्य कलाकार जितु नेपाल, नेपाल आइडल–२ विजेता रवि ओड र गायक हिमाल सागरले एउटै स्टेजमा प्रस्तुति दिनेछन् ।

सप्तरङ्ग–२ मा प्रस्तुति दिने सातै वटा कलाकार शुक्रबार महेन्द्रनगर पुग्नेछन् । साथै दर्शकका लागि कार्यक्रममा प्रवेश निःशूल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

सात कलाकारलाई महेन्द्रनगरको ट्राफिक चोक, नेपाल दूर सञ्चार, मेनलाइन हुँदै नगर परिक्रममा गराइने छ । भने कार्तिक ३० गते बिहान सप्तरङ्ग टिमलाई भीमदत्त नगरपालिकाले स्वागत गर्नेछ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?