शनिबार महेन्द्रनगरमा सप्तरङ्ग, आईडल रविदेखि महानायक राजेश हमालको बेजोड प्रस्तुति

महेन्द्रनगर– पर्यटन प्रवर्धन एंक समुन्नतिका लागि नेपालका सात शहर हुन लागेको सप्तरङ्ग कार्याक्रम शनिबार महेन्द्रनगरमा हुदैँछ । कार्तिक ३० गते महेन्द्रनगरको खुलामञ्चमा आयोजना हुने हुन लागेको उक्त कार्यक्रमको तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।

गृष्मा ब्रोडकाष्टिङ्ग प्रालीको आयोजनामा महेन्द्रनगरमा आयोजना भईरेहको सप्तरङ्गको तयारी अन्तिम चरण रहेको व्यवस्थापक करनसिंह पालले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमका अतिथिलाई निमन्त्रणसँगै कलाकारको बसाईको व्यवस्थापन भईसकेको छ भने कार्यक्रम स्थललाई पनि व्यवस्थीत गरि सरसफाई लगायका कामहरु भईरहेका छन् ।

पर्यटन प्रवर्धन एंक समुन्नतिका लागि नेपालका सात शहर हुन लागेको सप्तरङ्ग कार्याक्रम शनिबार महेन्द्रनगरमा हुदैँछ

कार्यक्रमको स्टेज, साउन्ड सिस्टम तथा लाइटिङ्गको व्यवस्थापनको जिम्मेवारी मुल आयोजक ब्रोडकाष्टिङ्ग प्राली नै गदैँ आएको छ । स्थानीय टिमले आयोजकलाई व्यवस्थापकीय एवं समन्वयको रुपमा सघाईरहेको व्यवस्थापक पालको भनाई छ ।

साथैे सप्तरङ्ग कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टद्धारा गराउने कार्यतालिका छ । साथै कार्यक्रमलाई सफल पार्ने स्थानीय समाज सेवि संघ संस्थाहरु स्वयमसेवक भुमिकामा रहनेछन् ।

नेपालका प्रमुख सात शहरमा सात कलाकारको अवधारण अनुरुप जारी कार्यक्रममा महानायक राजेश हमाल, चर्चित गायक प्रकाश सपुत, सुगम पोखरेल, गायिका मेलिना राई, हास्य कलाकार जितु नेपाल, नेपाल आइडल–२ विजेता रवि ओड र गायक हिमाल सागरले एउटै स्टेजमा प्रस्तुति दिनेछन् ।

नेपालका प्रमुख सात शहरमा सात कलाकारको अवधारण अनुरुप जारी कार्यक्रममा महानायक राजेश हमाल, चर्चित गायक प्रकाश सपुत, सुगम पोखरेल, गायिका मेलिना राई, हास्य कलाकार जितु नेपाल, नेपाल आइडल–२ विजेता रवि ओड र गायक हिमाल सागरले एउटै स्टेजमा प्रस्तुति दिनेछन् ।

सप्तरङ्ग–२ मा प्रस्तुति दिने सातै वटा कलाकार शुक्रबार महेन्द्रनगर पुग्नेछन् । साथै दर्शकका लागि कार्यक्रममा प्रवेश निःशूल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

सात कलाकारलाई महेन्द्रनगरको ट्राफिक चोक, नेपाल दूर सञ्चार, मेनलाइन हुँदै नगर परिक्रममा गराइने छ । भने कार्तिक ३० गते बिहान सप्तरङ्ग टिमलाई भीमदत्त नगरपालिकाले स्वागत गर्नेछ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?