रास्वपा दोधाराचाँदनी नगरको सभापतिमा कुमाल

कञ्चनपुर, ६ मंसिर
राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुर दोधाराचाँदनी नगरको सभापतिमा फेरी पुरन कुमाल चयन भएका छन । शनिबार सम्पन्न भएको रास्वपा दोधाराचाँदनी नगरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा कुमाल चयन भएका हुन ।
रास्वपा कञ्चनपुरका युवा नेता एव अधिवक्ता समेत रहेका नविन चन्दले सहमतिय आधारमा रास्वपा नगर समिति चयन गरिएको बताए । उनका अनुसार नगर उपसभापतिमा देवदत्त जोशी, सचिव हरि प्रशाद उपाध्याय, सदस्यहरु लक्ष्मण सिह साउद,गिता सुनार, अर्जुन नाथयोगी, हर्ष ब. चन्द, लक्ष्मण चन्द, भक्त ब. थापा, दानसिह बोहरा, उत्तम सुनार रहेका छन । यस्तै जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधी समेत छनौट गरिएको छ । धन ब. शाही, अमर सिह गुरुङ्ग जिल्ला, कुम्भसिह घनाडी, मनोज सिह भण्डारी प्रदेश र गोर्कण लामिछाने, धन बहादुर महता केन्द्रीय रहेका छन । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पाटी केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले पाटीको नीति, सिद्धान्त योजना अनुुरुप कामकाज गर्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा कञ्चनपुर सभापति पदम विष्ट, ज्ञानेन्द्र महता सहितका नेताहरुले समेत सम्बोधन गर्दैै सीमावर्ती दोधाराचाँदनी नगरपालिकामा रहेका थुप्रै समस्या उठान गर्दै जनताको पक्षमा काम गर्न पाटी नगर समितिको ध्यानाकर्षण गराएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?