नया भवन बाट सेवा प्रवाह हुदा सेवाग्राहिहरुलाई सहज

कञ्चनपुर १८ कार्तिक
नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन बाट सेवा सुचारु गरे पछि सेवाग्राहि हरुलाई सहज भएको छ ।
नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन बाट सेवा सुचारु गरे पछि सेवाग्राहि हरुलाई सहज भएको हो । विगतमा पुरानो र जिर्ण भवन बाट सेवा प्रवाह हुदा गर्मिको मौषममा दिनभरि लाईन बस्दा समस्या हुदै आएको र खानेपनी तथा शौचालयको समेत उचित व्यवस्थापन नहुदा सेवाग्राहिहरुले सास्ति वेहर्नु परेको थियो ।  धेरै समय देखि प्राधिकरणको भवन निर्माणको मेहन्द्रनगर वितरण केन्द्रको भवन निर्माणको क्रममा रहेको भए पनी बजेट अभावमा पुरा हुन सकेको थिएन तर तत्कालीन नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंगको कार्यकालमा अहिलेका मनोज सिलवाल र महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवको पहलमा बजेट व्यवस्थापन भए पश्चात नया भवन निर्माण सम्पन्नभए संगै सेवाग्राहि हरुलाई सहज भएको हो ।
विगतमा पुराना भवन बाट सेवा दिदा सेवाग्राहि हरुलाइ मात्रै नभई कर्मचारीहरुलाई समेत असहज हुदै आएको हुदा नया भवनलाई प्राथमिकतामा राखेर काम गर्दा अहिले सहज भएको नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्र प्रमुख ई. चुटुन कुमार श्रीवास्तवले वताउनु भयो । साथै उहाले हाल सेवाग्राहि हरुको समस्यालाई मध्यनजर गर्दै अपांङ्खमैत्री भवन, वातानुकलित विल काउण्टर, खानेपानीको व्यवस्था, शौचालय सहित एक द्धार प्रणाली कार्यालय सञ्चालन पछि सेवाग्राहिहरु संगै कर्मचारीहरुलाई समेत सहज भएको वताउनु भएको छ ।
हाल करिव २ करोड ३५ लाखको लागतमा नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया भवन निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?