जेलबाट माओवादी नेता जोशी छुटे ‘मलाई समाजसेवाबाट भाग्ने छुट छैन’ ः अनन्त

कञ्चनपुर, १० असोज
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कारागारबाट छुटेका छन । शुक्रबार माओवादी नेता टेकराज जोशी९अनन्त० कारागारबाट छुटेका हुन । १७ बर्षअघि ज्यान उद्योग मुद्दामा कारागारमा कैदभुक्तान गरिरहेका माअ‍ोवादी नेता जोशी छुटेकोे कारागार प्रशासनले जनाएको छ ।

कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले ज्यान कसुर मुद्दामा कैद भुक्तान गरिरहेका टेकराज जोशी९अन्तत०ले कामदारी सत प्रतिशत कैद भुक्तान गरेपछि छुटेको बताए । उनका अनुसार कारागार ऐन ०७९को दफा ५४ अनुसार जोशीले कामदारी सुविधा बाफत पुरै कैद भुक्तानी गरेपछि छुटेको हुन ।
अदालतले जोशीलाई २० बर्ष कैद गरेपछि २९ जेठ ०६५ सालमा कारागाार चलान भएका थिए । ‘टेकराजलाई २० बर्ष कैद भएपनि २ बर्ष ८ महिना १९ दिन कामदारी सुविधा पाएर छुटेका हुन, ‘जेलर जोशीले भने, ‘उहाँ कारागार ऐन अनुरुप नै कैदमुक्त भएका छन ।’
१७ बर्ष बढि कैद भुक्तान गरेका माओवादी नेता जोशीको विदाईमा कैदीबन्दी, कारागारका कर्मचारी, पुर्वकैदीबन्दी, आफन्त,ईष्टमित्र, उद्योगी, व्यवसायी, साथीभाई सहित माओवादी नेता कार्यकर्ताहरुले स्वागत एव विदाई गरेका छन । लामो समय कैदी जिवन विताएका माओवादी नेता टेकराज जोशी९अनन्त०ले आफुले पुन समाजिक सेवामा खटिने बताए । ‘आफुले उतिबेला अपराध नगरेरैपनि कैदभुक्तानी गर्नुपर्ने भयो, ‘उनले भने, ‘मैले कारागारमा दुखदेखि जिवनमा दुवै सिकाई पनि भयो, अब सिकाईलाई समाजिक काममा खर्च गर्छु ।’ जानी नजानेर थुप्रै मानिस कारागार पुग्नुपर्ने अवस्था सृजना भएको उनको दुखेसो छ । ‘मैले न्यूटल बस्छु भन्दा पनि समाजले मलाई यतिबै बस्ने छुट दिने छैन, ‘उनले भने, ‘बाँकी जिवन समाजकै लागि खर्चिछु ।’ कारागारबाट छुटे लगत्तै ¥याली सहित बजार परिक्रममा गरेर दैजीघरसम्मै पु¥याएका थिए ।

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?