ईन्जिनियर, सव ईन्जिनियर पौडेल बिरुद्ध तीन करोड अकुल सम्पत्ती आर्जन मुद्दा

कञ्चनपुर, २९ बैशाख ।
भ्रष्टाचारमा बढि प्राविधिक कर्मचारी लिप्त भएको अख्तियारकै तथ्याङ्कले देखाईरहेको छ । उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सबइन्जिनियर कुमार पौड्यालविरुद्ध साढे तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पौड्यालले पदीय मर्यादाविपरीत कार्यहरू गरी तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्र् िआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौड्यालले ०५१ वैशाख ९ गतेदेखि ०८० असार ३१ गतेसम्मको अवधिमा सोबराबर रकम भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । यस अवधिमा पौड्यालको वैध आय दुई करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र रहेकोमा उक्त अवधिमा घर निर्माण खर्च, जग्गा खरिद,अध्ययन खर्च, पिस बेंक्वोट एन्ड रेस्टुरेन्ट प्रालिमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैंक मौज्दात रकम गरी जम्मा कुल ६ करोड २२ लाख १८ हजार रुपैयाँ उनको जम्मा सम्पत्ति भेटिएको हो ।
तीन करोड ६३ लाख रुपैयाँ ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्र् िआर्जन गरेको पुष्टि भएकाले पौड्याललाई साबिक भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, ०५९को दफा २९ को उपदफा ९१० बमोजिम सजायको माग दाबी अख्तियारले गरेको छ । पौड्यालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्र् िश्रीमती विष्णुमैया पौड्यालको नाममा पनि राखेको भेटिएकाले विष्णुमैयालाई पनि सम्पत्र् िजफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । यसरी भ्रष्टाचारमा कर्मचारी लिप्त भएपछि नागरिक समेत अविश्वस्थ हुन लागेका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?