निर्माण रुपन्देही र निङ्गलाशैनी सहकारी वीच अनुभव आदन प्रदान

धन सिंह धामी महेन्द्रनगर ०४ फागुन ।

कञ्चनपुरको महेन्द्रनगरमा दुई सहकारी संस्था विच सम्भावना र चुनौती बारे अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही र निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का संचालकहरु, व्यवस्थापकहरु, तथा उप समितिका सदस्यहरु वीच एक आपसमा अनुभव आदन प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देहीका अध्यक्ष मोतीलाल ढकालको नेतृत्वमा आएको २५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको बहुउद्देश्यीय भवनमा अन्तरक्रिया, समसामयिक विषयमा छलफल एवं अनुभव आदन प्रदान गरिएको थियो ।

सहकारीको वर्तमान अवस्था, सहकारी ऐन २०७४ मा ल्यार्ईएको अध्यादेश २०८१,राष्ट्र बैकंले ल्याउन लागेको सहकारी नियमन मापदण्ड मस्यौदा , बहुउद्देश्यीय संघहरुको संचालन भावी कार्यक्रमका बिषय सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका तर्फ बाट संस्थापक तथा कार्यकारी प्रमुख प्रेम सिंह भाटले निङ्गलाशैनी बहुद्देश्यीयले बचत तथा ऋण बाहेक मलखाद विक्री वितरण, कष्टम हायरिङ्ग सेन्टर, स्कुल अफ कोअपरेटिभ संचालनमा ल्याएको र त्यसको प्रभावकारीता बिषयमा प्रकाश पार्नु भएको थियो ।

निङ्गलाशैनीले पछिल्लो समयमा सदस्यहरुको स्वास्थ्य सुधार संगै जिवन स्तर उकास्न र सहकारी शिक्षा , वित्तिय साक्षरता, योग र आर्युवेदको प्रचार संगै जडिवुटी वृक्षारोपणमा बढावा दिईरहेको कुरा औल्याउनु भएको थियो ।

उक्त दुवै संस्थाले सो अवसरमा आ आफ्ना प्रकाशन, मायाको चिनो वितरणका साथ साथै आगमी दिनमा दुवै संस्थाको सम्बन्धमा अझ बढि प्रगाढता आउने विश्वास दिलाउनु भएको थियो । सो कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?