दोधाराचाँदनी नगरपालिका–०८ राप्रपा वडा कमिटिको अध्यक्षमा गुरुङ्ग

  1. उपेश सिंह धामी दोधारा २७ माघ ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–०८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि अधिबेशन सम्पन्न गरेको छ ।

आईतबार दोधाराचाँदनी नगरपालिका –०८ मा  नगर अध्यक्ष बिर बहादुर शाहको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष टिकेन्द्र गुरुङ्गको साथमा २१ जनाको कमिटी गठन गरीएको हो ।

आयोजित कार्यक्रम नगर अध्यक्ष शाहको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बरिष्ठ अतिथिमा केन्द्रिय सदस्य तिर्थराज चटौत लगायत वडा ,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेश सदस्य तमाङ सिंह गुरुङ्गले आफ्नो मनतव्य राख्दै न्यायिक क्षेत्रमा कुनै पनि पार्टी व्यक्ति बिच फरक दृष्टिकोणबाट नहेरी समग्र समान न्यायिक मुद्दामा खबरदारी गर्नमा आफुले साथ दिने प्रतिबद्धता जनाउनको साथै जनताहरुको न्यायिक मागलाई सम्बन्धित निकाय सम्म पुर्याउनमा सदैव साथ दिने बताएका थिए भने केन्द्रिय सदस्य तिर्थराज चटौतले कार्यक्रम सम्बोधन गर्दै ठुला राजनितिक दलहरुले जनताहरुलाई पटक पटक झुक्याएर शासन गर्दै आए पनि अवका युवा पिडिमा राष्ट्र र राष्ट्रियताको सवालमा सचेत हुदै गईरहेको बताएका छन भने सबै क्षेत्रबाट युवाशक्ति एक भएर राष्ट्र निमार्णमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

यस्तै प्रमुख अतिथि जोशीले वडा समितिलाई बलियो बनाउदै लैजाने र यहिबाट आफ्नो वडा÷ टोलको समस्यालाई सम्बन्धित निकाय सम्म पुगाउने र समस्या समाधानको लागि अगाडि पहल हुने कुरामा आफु विश्वस्त रहेको बताएका थिए ।

यस्तै उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा बिष्णु नेपाली,बिमला गुरुङ्ग,जगंबहादुर बडवाल सचिव प्रिया कुमारी श्रेष्ठ सह सचिव बसन्त मगर,कोषाध्यक्ष बिरेन्द्र गुरुङ्ग सदस्यहरुमा तमाङ्ग सिंह गुरुङ्ग,ददि शाही,प्रेम रोकाया,चन्द्रप्रकाश खड्का,जनक थापा, याम बहादुर मगर,रगंलाल रोकाया,खड्क बहादुर रोकाया,मान बहादुर खड्का,सर्वजित तिरुवा,रन्जना बुढामगर,पदम बहादुर रोकाया,कर्ण बहादुर सुनार,रत्न बहादुर वडवाल सर्वसम्मत मनोनित भएका छन ।

यसैगरी नगर अध्यक्ष शाहले  राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको दोधाराचाँदनीका सात वडामा राप्रपा कमिटि अधिबेशन सम्पन्न गरी सकेको र बाकि रहेका तिन वडामा पनि वडा कमिटि अधिवेशन समयमा नै  सम्पन्न गरी सक्ने बताएका छन ।

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?