नयाँ बानेश्वरमा ‘संस्कृति बचाउ पहिचान बनाउ’ नारासहित देउसी भैलो कार्यक्रम सम्पन्न

नयाँ बानेश्वरमा हिमालयन हाइभ बोइज होस्टेल र लिपुलेक डट कमको आयोजनामा भव्य देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। ‘संस्कृति बचाउ पहिचान बनाउ’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा नजिकै बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
हिजोसम्म सङ्खमुल क्षेत्रमा रमाइलो गरिएको यस देउसी भैलो कार्यक्रम आज चागुनारायणमा भएको भव्य बनभोजसँगै समापन गरिएको छ। तिहारको व्यस्तताका कारण घर जान नपाएका नेपाली विद्यार्थीहरूको लागि रमाइलो वातावरण सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हिमालयन हाइभ बोइज होस्टेलका सञ्चालक तथा देउसी भैलो कार्यक्रमका संयोजक जीवन पन्तले बताउनुभयो।
“तिहारको समयमा पनि पढाई र अन्य कामका कारण घर जान नपाएका धेरै विद्यार्थीहरू हुन्छन्। उहाँहरूको तिहार खल्लो नहोस् भनेर र हाम्रो मौलिक संस्कृतिलाई जोगाउन यो कार्यक्रम आयोजना गरिएको हो,” पन्तले भन्नुभयो।
यस कार्यक्रममा पूर्व झापा देखि तराईका विभिन्न क्षेत्र र सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो। उहाँहरूले देउसी भैलो खेलेर तिहारको रौनक बढाएका थिए।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?