कल्की फिल्म बाट प्रभावित भएर गायक सिद्धान्तले बनाए ‘कल्की एन्थम’

नेपालका गायक सिद्धान्त राना मगरले ‘कल्की २८९८ एडी’ फिल्मबाट प्रभावित भएर ‘कल्की एन्थम’ निर्माण गरेका छन्। उनले तयार गरेको उक्त गीतको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। कल्की फिल्म बाट प्रभावित भएर गीत तयार पारेको गायक रानाको भनाई रहेको छ।

गीतले कलियुगको अन्त्यमा अवतरण गर्नुहुने अन्धकारसँग लड्न र संसारमा धर्मको पुनर्स्थापना गर्ने भगवान कल्किको अवतारको गहिरो सन्देश दिने गायक रानाले जानकारी दिएका छन्। साथै गीतले न्यायको प्रतिज्ञा, सत्यको विजय, र महान संरक्षकको रूपमा पृथ्वीको भाग्यको जागरणलाई प्रकाश र आनन्द ल्याउने उनी बताउँछन्। गीत बुधबार युनिकन रेर्कडसको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। केही दिन अघि मात्रै दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ को ट्रेलर सार्वजनिक भएको थियो।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?