सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समिती द्धारा गौशाला सञ्चालन

भीमदत्त नगरपालिका वडा नम्वर १९ स्थीत सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले गौशाला सञ्चालनमा ल्याएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले गौशाला सञ्चालनमा ल्याएको हो । मंगलवार एक समारोहका विच सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले सञ्चालनमा ल्याएको गौशालाको भीमदत्त नगरपालिकाका उपप्रुमख निलम लेखक जोशीले उदघाटन गर्नु भएको हो । उक्त गौशालाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सिद्ध बैजनाथ त्रिबेणी धामको बृद्धि विकास र गौशाला संचालनमा पालिकाबाट आवश्यक बजेट विनियोजन गरिने वताउदै पालिकाले पहल गर्न नसके प्रदेश र संघ सरकार संग माग गरेर पनी यसको विकासका लागी पहल गरिने वताउनु भएको छ । स्थानीय बाशिका अनुसार २०१२ सालमा यस क्षेत्रमा बस्ति बस्नु भन्दा पहिले देखि नै सिद्ध बैजनाथ त्रिबेणी धाममा पुजा आराधना हुदै आएको वताउने गरेका छन । यसको विकासका लागी राज्यका निकाय जिम्मेबार बन्नु पर्ने स्थानीयहरको माग रहेको छ ।

विषेस गरि धर्म र आस्था संग जोडिएको विषय भएकाले गौ सेवा गर्ने उद्देश्यले गौशाला निर्माण गरिएको श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीका अध्यक्ष महेश वहादुर सिहले वताउनु भयो । साथै उहाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय तिर्थ स्थलको रुपमा विकास गर्ने र रोजगारी श्रृजना गर्ने प्रमुख लक्ष्यका साथ गौशाला सञ्चालन गरिएको वताउदै आगामी दिनहरुमा यसलाई विस्तार गरिदै लगिने समेत वताउनु भयो ।

हाल भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको भमिदत्त नगरपालिकाले निर्माण गरेको पुरानो गौशालाका सामग्री र समितिले गरेको घरदैलो बाट संकलित रकम बाट उक्त गौसालाको निर्माण गरिएको हो ।

 

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?