सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समिती द्धारा गौशाला सञ्चालन

भीमदत्त नगरपालिका वडा नम्वर १९ स्थीत सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले गौशाला सञ्चालनमा ल्याएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले गौशाला सञ्चालनमा ल्याएको हो । मंगलवार एक समारोहका विच सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीले सञ्चालनमा ल्याएको गौशालाको भीमदत्त नगरपालिकाका उपप्रुमख निलम लेखक जोशीले उदघाटन गर्नु भएको हो । उक्त गौशालाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सिद्ध बैजनाथ त्रिबेणी धामको बृद्धि विकास र गौशाला संचालनमा पालिकाबाट आवश्यक बजेट विनियोजन गरिने वताउदै पालिकाले पहल गर्न नसके प्रदेश र संघ सरकार संग माग गरेर पनी यसको विकासका लागी पहल गरिने वताउनु भएको छ । स्थानीय बाशिका अनुसार २०१२ सालमा यस क्षेत्रमा बस्ति बस्नु भन्दा पहिले देखि नै सिद्ध बैजनाथ त्रिबेणी धाममा पुजा आराधना हुदै आएको वताउने गरेका छन । यसको विकासका लागी राज्यका निकाय जिम्मेबार बन्नु पर्ने स्थानीयहरको माग रहेको छ ।

विषेस गरि धर्म र आस्था संग जोडिएको विषय भएकाले गौ सेवा गर्ने उद्देश्यले गौशाला निर्माण गरिएको श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीका अध्यक्ष महेश वहादुर सिहले वताउनु भयो । साथै उहाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय तिर्थ स्थलको रुपमा विकास गर्ने र रोजगारी श्रृजना गर्ने प्रमुख लक्ष्यका साथ गौशाला सञ्चालन गरिएको वताउदै आगामी दिनहरुमा यसलाई विस्तार गरिदै लगिने समेत वताउनु भयो ।

हाल भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको भमिदत्त नगरपालिकाले निर्माण गरेको पुरानो गौशालाका सामग्री र समितिले गरेको घरदैलो बाट संकलित रकम बाट उक्त गौसालाको निर्माण गरिएको हो ।

 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?