सहकारीमा देखिएको समस्या राष्ट्रिय समस्या भयो मन्त्री श्रेष्ठ

काठमाडौं । सहकारीमा देखिएको समस्या राष्ट्रिय समस्या भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । विगत ४ दिनदेखि काठमाडौंको माइतीघरमा सहकारी बचतकर्ता पीडित संघर्ष समितिले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समाधान गरिने आश्वासन दिएका हुन् ।

उनले भने, ‘सहकारी बचतकर्ताको समस्या देखिएकाले समिति बनाएर रिपोर्ट माग गरेका छौं । त्यसले रिपोर्ट दिनेबेला सहकारी सञ्चालकलाई बोलाउँछ र समस्या समाधान गर्छ ।’

उजुरीका आधारमा आवश्यक पर्दा छुट्टाछुट्टै छानबिन पनि गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले सहकारीका बचतकर्ता बचत फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन् । हाल देशभर ३२ हजार बढी सहकारी छन् । तीमध्ये केही सहकारीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरु पटक पटक धाउँदा पनि सहकारीबाट निक्षेप फिर्ता पाउन नसकेपछि आन्दोलनमा उत्रिएका हुन्

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?