शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। ‘वडाभित्रका विपन्न ४० परिवारको स्वास्थ्य बिमा गरेका छौं,’ उनले भने, ‘प्रति परिवार वडा कार्यालय ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ।’ यसगरी, वडा कार्यालयले एक सय परिवारलाई डोल वितरण, १२ वटा समूहलाई चारो काट्ने मसिन र २० परिवारलाई फिडर (बाख्रालाई दाना तथा घाँस) खुवाउने मसिन वितरण गरेको छ। वडाभित्र विपन्न ५ परिवारको लागि शौचालय निर्माण, सार्वजनिक ५ ठाउँमा अटोमेटिक नल्का जडान गरिने अध्यक्ष ऐरले बताए। ‘यहीँ वर्ष ५ वटा ठाउँमा अटोमेटिक नल्का जडान गर्छाै, ठाउँ छनौट गर्न बाँकी छ,’ उनले भने, ‘विपन्न परिवारको लागि शौचालय पनि यसै वर्ष निर्माण गरिनेछ।’ वडा कार्यालयले युवा÷युवतीलाई ड्राभिङ तालिम पनि दिनेछ। ‘वडावासीलाई आत्मनिर्भर हुने खालका तालिमहरु दिदै आएका छौं,’ उनले भने, ‘ड्राभिङको तालिम पनि चाडै सञ्चालन गर्नेछौं।’ वडा कार्यालय प्रत्येक वर्ष खेलकुद सामाग्री समेत वितरण गर्दै आएको छ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?