सुदूरपश्चिम प्रदेशमा एमाले नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका छन् । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ ।एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। त्यसपछि माओवादीका दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।
केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । संघिय राज्य व्यवस्थापछि रावल सुदूरपश्चिमकाे दोस्रो मुख्यमन्त्री बन्न लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए । सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय भएको हो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?