५ वर्षमा यी १० काम गर्छौः नेता लेखक

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ प्रदेश सभा ‘क’ मा गठबन्धनबाट नेकपा माओवादीका टेकेन्द्र भट्ट र प्रदेश सभा ‘ख’ मा काँग्रेसका बेल बहादुर राना मगर चुनावी मैदानमा छन् । मंगलबार महेनद्रनगरमा पत्रकार सम्मेलन गर्दै नेता लेखकले आफुहरु निर्वाचित भए मुलतः निम्न १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१.त्रिदेशीय नाका
कञ्चनपुर जिल्लालाई नेपाल भारत र नेपाल चीन दुईवटा ठुला छिमेकी मुलुकसंग जोड्ने र यो ठाउँलाई देशकै सबैभन्दा ठुलो व्यपारिक,औद्योगिक,धार्मीक र मानिसहरुको आवतजावतको नाकाका रुपमा विकास गर्छौ ।
२.बेरोजगारी समस्या न्यूनिकरण
बेरोजगारीको आधा समस्या यो क्षेत्रमा त्रिदेशिय नाका निर्माण गर्ने वित्तिकै समाधान हुन्छ । र यो क्षेत्रमा उद्योग,पर्यटनको विकास गरि समेत बेरोजगारीको समस्या समाधान गर्छौ ।
३.बाढी नियन्त्रण
कञ्चनपुरको चुरेबाट बगेर आउने नदिनाला,खोलाले भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढी,डुवान,नदि कटान तथा तठबन्धको समस्या समाधान गर्ने ।
४.किसानका समस्या समाधान
किसानले समयमै मलखाद, विऊ नपाउने, सिचाई लगाएतका समस्या रहेका छन् । किसानका ती समस्या ५ वर्षमा समाधान हुने गरि काम गर्छौ ।
५.विश्वविद्यालयको भौतिक, शैक्षिक गुणस्तर गर्ने
५ वर्षभित्र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भौतिक,शैक्षिक गुणस्तर सुधार र दोधारा चाँदनीमा बहुप्रादेशिक शिक्षालय स्थापना गरि संञ्चालन गर्छौ ।
६. सुविधा सम्पन्न अस्पताल
महाकाली प्रादेशिक अस्पताल,दोधारा चाँदनी स्वास्थ्य केन्द्र एवम् यहाँका अन्य अस्पताललाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्छौ ।
७.खानेपानी
यो क्षेत्रमा स्वच्छ खानेपानीको समस्या नरहनेगरि काम गर्छौै ।
८.एयरपोर्र्ट सेवा सञ्चालन गर्ने ।
मझगाउँ विमानस्थल स्तरोन्नतीको कार्यलाई यथासिघ्र अगाढी बढाई,सम्पन्न गरि हवाइ
९.खेलकुद
युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सुविधासम्पन्न खेल मैदान निर्माण,दोधारा चाँदनीमा स्टेडियम निर्माण र प्रशिक्षकको व्यवस्था गर्छौ ।
१०.सडक यातायात
सडक यातायात नजोडिएका टोल बस्तीहरुमा ग्राभेल सडक,ढल सहितका कालोपत्रे सडक,पुल निर्माण,भीमदत्तमा चक्रपथ निर्माण गर्छौ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?