संघियता नचाहनेहरुले नै प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुनुु संघियताकालागी खतरा छ : नेता भट्ट

महेन्द्रनगर, कार्तीक २२

लोकतान्त्रीक वाम गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गर्दै नेपाल कम्यíट पार्टी (माओवादी केन्द्र)का जिल्ला इन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)को प्रदेश सभाको साझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संधियता नचाहने शक्तीहरुले अहीलेको संविधान र व्यवस्था नचाहेको आरोप लगाउनु भएको छ । अहिलेको संविधान र व्यबस्था नचाहनेहरु नै अहिलेको चुनावमा जनता संग मत माग्न आएकाले यो निकै चिन्ताको बिषय भएको उल्लेख गर्नु भयो ।
नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) सहितका सक्ता गठबन्धन दलहरुका प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार भट्टले मंगलबार भएका चुनावी सभालाई सम्बोधन गर्दै आफुहरुको गठबन्धन दशकौको त्याग र बलीदानबाट प्राप्त उपलब्धीहरुको रक्षाको लागि आफुहरु मिलेर अहिलेको चुनावी कार्यक्रमा आएको बताएका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रमेश लेखकको उम्मेदवारी रहेको छ भने प्रदेश सभाको १ बाट नेकपा (माओवादी केन्द्र)का नेता टेकेन्द्र भट्ट र २ तर्फबाट नेपाली कांग्रेुका बेलबहादुर राना उमेदवार रहेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारहरु संग नेकपा एमाले र राप्रपा लगायतका दलहरुका उमेदवारहरु मुख्य प्रस्तीस्प्रधामा रहेका छन् । मंगलबार भिमदत्त नगरपालिकाको वडा नं. ५ मा भएका कार्यक्रमहरुलाई सम्बोधन गदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उमेदवार रमेश लेखकले देशमा अहिलेको निर्वाचनले जनमत संग्रहका रुपमा अग्रगमन र पश्यगमनको लडाई भएकाले सबैलाई अहिलेको व्याबस्था बचाउन मतदानमा सहभागीहुन आग्रह गर्नु भयो ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?