पल शाहलाई बाल यौन दुरुपयोगमा अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति पीडितलाई दिनुपर्ने

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् । स्रोत नेपाल प्रेस

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?