झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

जेठ ९ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।

आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।

ताजा खबर

१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको...

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार 

कञ्चनपुर, १५ पुष  नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका...

राप्रपा पुर्नवास नगर अध्यक्षमा जैशी 

धन सिह धामी  कञ्चनपुर १२ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्नवास...

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?