धार्मिक पर्यटक विकासका लागि आजदेखि बेलडाँडीमा महायज्ञ

कञ्चनपुर, २२मंसिर
कञ्चनपुरको बेलडाँडीमा बिहीबार देखि महायज्ञ हुने भएको छ । बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ मन्दिरको प्राङगाणमा महायज्ञ हुने भएको हो । सिद्धनाथ बेलडाँडी सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक मनोज कुमार बोहराले बेलडाँडीको धार्मिक पर्यटन विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए । उनका अनुसार बिहान कलस यात्राका साथै उद्घाटन समारोह हुने बताए । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा गाँउपालिका जनप्रतिनिधी सहितका धार्मिक समाजिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता हुनेछ ।
‘यो धार्मिक पर्यटकिय क्षेत्र हो, ‘उनले भने, ‘प्राचिन सिद्धनाथ मन्दिरको बृद्धि विकासका साथै गाँउकै धार्मिक पर्यटन विकाका लागि महायज्ञ संचालन गर्न लागेका छौँ ।’ उनका अनुसार बिहान यज्ञ स्थलदेखि गाँउभरी कलस यात्रा सहित परिक्रमा गरिने छ ।
महायज्ञमा १००८ शालिग्राम पुजा, दैनिक भजन, कितन, झाँग्री, सहित नैतिक शिक्षामुलक प्रबचन गरिने छ । प्रमुख कथाबाचक प्रमोद पौडेलबाट कथा बाचन हुनेछ । महायज्ञ मुल आयोजक समितिका उप सयोजक एव युवा समाजसेवि लोक बहादुर साउदले गाँउमा आध्यामिक विधीबाट संचालन हुने महायज्ञले धार्मिक पर्यटनको विकासका साथै धर्मको समेत संरक्षण हुने बताए । बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै रहेको बेलडाँडीमा धार्मिक पर्यटनसंगसंगै प्राकृतिक पर्यापर्यटनको विकासमा समेत टेवा पुग्ने जनप्रतिनिधीको भनाई छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य एव गाँउपालिका लेखा समिति संयोजक शंकर भट्टले धार्मिक पर्यटन विकासका लागि हुने महायज्ञमा वडा, गाँउपालिका एव जनप्रतिनिधीको साथ सर्मथन रहेको बताए । ‘हाम्रो पुरै साथ सर्मथन छ, ‘उनले भने, ‘महायज्ञबाट धार्मिक पर्यटन विकासका साथै पर्यापर्यटन तर्फ जोडनुपर्छ ।’ गाँउमा महायज्ञ संचालन हुनेभएपछि स्थानीय उत्साहित भएर खटिएका छन ।

ताजा खबर

बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २ कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको...

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?