कञ्चनपुरका युवा लोकेश जंग क्षेत्री निर्देशनमा किन होला ? (भिडियो)

महेन्द्रनगर । कलाकारिता क्षेत्रमा नव प्रवेशी युवा लोकेश जंग क्षेत्री(लोकेश ऐर) ले नयाँ म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । क्षेत्रीले आफ्नै निर्देशनमा पहिलो म्युजिक भिडियो दर्शकमाझ ल्याएका हुन् । ‘किन होला’ गितको बोल रहेको म्युजिक भिडियो ओएसआर युटुयुब च्यानलबाट रिलिज भएको छ ।
दिलु पर्खिनको स्वर रहेको उक्त म्युजिक भिडियोमा समिर खान र प्रश्ना कार्की मुख्य भुमिकामा देखिएका छन् । समिर खान पछिल्लो समयमा चर्चित मोडल पनि हुन् । दजनौँ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका समिरका सबै गित दर्शकमाझ लोकप्रिय छन् । त्यस्तै केशब पाण्डे र रितेष थापाको छायाँकन गरेको भिडियोमा विकाश विसीको सम्पादन रहेको छ ।
भिडियोमा प्रेम र रोमान्सका दृश्यलाई देखाइएको छ । गितमा प्रेमभावका भावना जागृत गराउने शब्द र दृश्य रहेकाले युवामाझ गित लोकपिर्य हुने निर्देशक क्षेत्रीको विश्वास छ ।
गितमार्फत कलाकारितासँगै निर्देशन नयाँ आयाम ल्याउन सानो प्रयास गरेको उनको भनाई छ । कञ्चनपुरका स्थानीय रहेका क्षेत्री काठमाडौँमा रहेर अध्ययनसँगै कलाकारिता गदैँ आएका छन् । बाल्यकालदेखि गाउन, नृत्यसँगै कलाकारितामा अभिरुचि भएका क्षेत्री आफुलाई रंगमञ्चामा रमाउन मन पर्ने बताउछन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?