बेलौरीकी समाजसेवी भगवती विष्ट काँग्रेस महाधिवेशन प्रतिनिधीको यात्रामा

कञ्चनपुर, २९ कार्तिक
भगवती विष्ट जिल्लाको दक्षिण क्षेत्र बेलौरी मात्र नभई कञ्चनपुरमा चर्चा कमाएको नाम हो । बेलौरी नगरपालिका ६ ढक्काचाँदर निवासी विष्टले समाजिक काम गरे बाफत उनको नाम ठुलाबढा पैशावाला भन्दा पनि विपन्न, गरिब दिनदुखी, एकल महिला एव बेसारहा नागरिकले सम्झिने नाम हो, भगवती ।
ग्रामिण सीमा क्षेत्रमा बसेर अधिकार बिहिन नागरिकलाई अधिकार दिलाउने, विपन्न गरिब, बेसाहरा नागरिकको दुखतमा मलम लगाउँदै आएकी तिनै समाजवेवि विष्टले आज राजनीतिक यात्रा तय गरेकी छिन ।
काँग्रेस कञ्चनपुरकी नेतृ भएपनि उनले मञ्चमा कोरा भाषण र जनतालाई झुटा आवश्वासन कहिल्यै बाँडिनन् । बरु उच्च ह्दयबाटै समाजिक काम गर्दा काँग्रेसका नयाँ अनुहारले समेत उनलाई चिन्दैनन् । उनलाई केबल ति दुखित आत्माहरुले मात्रै अविष्मरणका रुपमा चिन्छन । जो पीडामा छन । दुखित छन । बेसाहरा छन । झण्डै चार दशक अघिदेखि राजनीतिक गरेपनि उनलाई न पार्टीले अघि बढाउन सक्यो, न उनले पार्टीमा महिलाको भाग मागिन् । केबल निष्ठा र समाजिक न्यायका लागि उनले अबिरल रुपमा काम गरिरहिन । एकल महिला समेत रहेकी उनले एकल महिलाको समाजिक न्यायका लागि जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन । आज उनै भगवती नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधीको यात्रामा होमिएकी छिन ।
०३६, ०४६, ०६२÷०६३ सालको जनताको अधिकारका लागि भएका जनआन्दोलन राजनीतिक संघर्षमा होमिएकी विष्ट काँग्रेस निकट नेपाल महिला संघ क्षेत्र नम्बर १ की क्षेत्रीय सभापति हुन । उनले पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेकी हुन । महाधिवेशन प्रतिनिधीको उम्मेदवार भएर उनले क्षेत्र नम्बर १ मा आफुलाई जिताउन नेता कार्यकर्तासंगै आग्रह गर्दै चुनावी मैदानमा होमिएकी छिन । ‘मैले स्थानीय स्तरमा राजनीतिक भन्दा पनि समाजिक सेवा गरे, ‘उनले भनिन, ‘अब राजनीतिमा पनि लागेको चार दशक भयो, यतिबेला महिलाले पनि केही गर्नुपर्छ भन्ने सोचेर महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेकी छु ।’ जनताको समाजिक, आर्थिक एव राजनीतिक न्याय र अधिकारका लागि केन्द्रीय राजनीतिसंग जोडिन खोजेको बताईन ।
निष्ठा, राजनीतिक अधिकार र समाजिक न्यायका लागि राजनीतिका माध्यमबाट समाजसेवा गर्दै आएकी विष्टले लामो त्याग संघर्षको मुल्याङकन गरेरै भएपनि आफुलाईक एक पटक जनताकै सेवा गर्न मौका दिलाईदिनका लागि आम नेता कार्यकर्तासंग अपिल गर्दै आएकी छिन ।

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?