नयाँ ब्राण्ड ‘सुपर साईन’ बजारमा

कञ्चनपुर, १७ कार्तिक
ग्वालेक ग्रुफले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन बजारमा ल्याएको छ । बजारको माग अनुरुप कम्पनीले शौचालय सरसफाई गर्ने क्लिनर बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक एव नेहा हर्बल ईन्डष्ट्रिज प्रालिका संचालक पिताम्बर जोशीले स्वास्थ्यका लागि सरसफाई गर्ने र विदेशी बस्तु भन्दा गुणस्तरिय सस्तो बस्तु बजारमा ल्याएको बताए ।
ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक जोशीका अनुसार अहिले कम्पनीले ५ सय एमएल, एक लिटर र ५ लिटरमा सुपर साईन उत्पादन गरेको छ । यस अघि ग्वालेक ग्रुपले सेनिटाईजर, सोसा, साबुन सहितका बस्तु उत्पादन गरेको छ । आर्थिक विकासका लागि स्थानीय बस्तु तथा सेवाको उत्पादनबाट आत्मनिर्भर बन्न सकिने स्थानीयको भनाई छ ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?