दार्चुलाका स्थानीय तहमा विद्यालय सञ्चालन

भदौ २७, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपलिकामा आजबाट विद्यालय सञ्चालन भएका छन ।

जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकाले भदौ २७ गते आइतबारदेखि स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक उपस्थितिमा पठनपाठन शुरु गरिएको हो । महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाले नर्सरी देखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि र कक्षा ६ देखि १० सम्मको पढाई बिहान ७ बजे देखि साढे १० बजेसम्म पढाई भएको बताइएको छ ।

अपिहिमाल गाउँपालिकाभित्रका सबै विद्यालयहरु पनि आजबाट सञ्चालनमा आएका छन । कोरोना संक्रमणको कारण बन्द रहेका विद्यालय कोरोना संक्रमणको जोसखम कम भए संगै पुन सञ्चालन भएका हुन । नेपाल सरकारको स्मार्ट लकडाउन, शिक्षा मन्त्रलयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ र डिसिसिएमसीको निर्णयलाई मध्यनजर गरेर पठनपाठन सुचारु गर्न लागिएको सम्बन्धीत स्थानीय तहहरुलृ जनाएका छन ।

दार्चुलाका विभिन्न स्थानीय तहमा यस अघि नै विद्यालय सञ्चालन भइसकेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठनपाठन सुचारु गर्न सकिने निर्णय गरे पछि जिल्लाका अधिकांस स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा पठनपाठन सुचारु गर्न सकिने निर्णय जिल्ला प्रसासन कार्यालयले गरेको थियो । जिल्लाको लेकम गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका लगायतका स्थानीय तहमा यस अघि नै विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?