कालापनी र लिपुलेकमा पनि जनगणना गरिने

भदौ २४ दार्चुला । सरकारले राष्ट्रिय जनगणना २०७८ भारतद्धारा अतिक्रमित नेपाली भुमी  कालापनी र लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ ।कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना पुनः सुरु गर्न लागिएको केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

विभागले तयार पारेको नयाँ कार्यतालिका भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । विभागले यसपालि ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकले करिब ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना काम पन्ध्र दिनमा सम्पन्न गर्नेछन् । गणकको लागि कक्षा १२ उत्तिर्ण र सुपरिवेक्षकको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । कोरोना संक्रमणका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालय तथा अन्य निकायसँग समन्वय भइरहेको विभागले जनाएको छ । जनगणनामा खटिने गणकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिने विभागले जनाएको छ ।

घर संख्या, भूकम्पपछि सरकारी अनुदानमा घर बनाए नबनाएको तथा भवन बनाउनुको उद्देश्य समेत संकलन गरिने छ । परिवारका सदस्यको बैँक खाता भए नभएको, प्रावधि शिक्षा तथा तालिम लिए नलिएको र वैदेशिक रोजगारमा गएकाको विस्तृत विवरण पनि संकलन गरिने छ ।

तीनै तहको सरकालाई योजना तर्जुमा गर्न आवश्य तथ्याकं जनस्तरमा गएर समेट्ने प्रयास हुने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । जनगणना सम्पन्न गर्न ४ अर्ब रुपैंया लागत लाग्ने अनुमान गरिएको छ ।

२०४८ साल

कालापानी, लिपुलेक लिम्पियाधुराको बस्तीमा २०४८ सालमा नेपालले पहिलोपटक जनगणना गरेको थियो । २०१८ सालमा भैरव रिसालले त्यहाँ जनगणना गरेका थिए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘त्यतिबेला भैरब रिसाललाई लिम्पियाधुरा लगायतको क्षेत्रमा जनगणना गर्न सरकारले गणकको रुपमा पठाएको थियो । त्यतिबेला फिल्डमै गएर उहाँले गणना गर्नुभएको हो । त्यहाँ आफ्नै भूमि भएकाले कसैको दबाब थिएन । बेरोकटोक गणना भएको थियो ।’

त्यसबेलामा छाङरुङमा १ सय १७ वटा घरधुरी र तिङकरमा ८७ वटा घरधुरी रहेका थिए ।त्यसपछि उक्त क्षेत्रमा नेपालको तर्फ २०४८ सालमा पनि सरकारले जनगणना गरेको थियो ।

त्यसबखत दार्चुला जिल्लाको साविकको व्यास गाउँ पञ्चायतको वडा १ को त्यो बेला जनगणना गर्दा जम्मा ४२३ जना बासिन्दा र १ सय ५० घर धुरी थियो । त्यसबखत पनि कालापानी लिपुलेक समेटेर जनगणना गरेको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?