युवा नेता गज बहादुर विष्ट काँग्रेस बेलडाँडीको गाँउ सभापतिको दौडमा

कंचनपुर , २३ भदौँ
काँग्रेसका युवा नेता गज बहादुर विष्ट नेपाली काँग्रेस बेलडाँडी गाँउ सभापतिको आँकाक्षी देखिएका छन । काँग्रेस बेलडाँडी गाँउ समितिको सचिव समेत रहेका विष्टले सभापतिको यात्रा तय गरेका छन । १३ औँ महाधिवेशनमा काँग्रेस बेलडाँडीको गाँउ सचिवमा निर्वाचित विष्टले आशन्न १४ औँ महाधिवेशनका लागि बेलडाँडीको सभापतिका यात्रा तय
गरेका हुन ।
३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा होमिएका थिए । स्थानीय रौलेश्वर उच्च मावि अध्ययन गर्दादेखि नै उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन । पारिवारिक खान्दानी नै काँग्रेसमा भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघ संस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ । बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद सहितका विभिन्न योजना संचालन गरेका थिए ।
अग्रज नेताहरुलाई माथिल्ला समितिमा पठाएर आफुले गाँउको जिम्मेबारी लिन खोजेको उनले बताए । ‘गाँउका अधिकाँस अग्रज नेता ज्यूहरु माथिल्ला समितिमा गएका छन, ‘उनले भने, ‘अब बेलडाँडीको अबिभारा हामीले सम्हाल्ने हो ।’ आफु सहमती सहकार्यको बाधक नभई सहमतीय आधारमा काँग्रेस बेलडाँडीको नेतृत्व, पदाधिकारी छनौट हुनुपर्ने उनको भनाई छ । ‘म सहमतीको बाधक होर्ईन, ‘उनले भने, ‘यती सबैले सहमती गरे मेरो पनि साथ सर्मथन हुन्छ ।’
काँग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै बेलडाँडीमा काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने उनको योजना छ । ‘काँग्रेसलाई पूर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र जनताको लोकप्रिय पार्टी बनाउँछु, ‘उनले भने, ‘त्यही भएर मेरो उम्मेदवारी सभापतिका लागि हो, भावि निर्वाचनमा बेलडाँडीमा काँग्रेसलाई जिताउँछु ।’ पार्टीको गाँउ सभापतिको जिम्मेबारी पाएसंगै पार्टीभित्र सबैलाई मिलाएर लैजाने र बाहिर जनताको आस्था, भरोसाको केन्द्र बिन्दु बनाएर भावि स्थानीय तह सहितका चुनावमा जिताउँने उनले बताए । नेता, कार्यकर्ताको माया ममताका कारण सभापतिको बन्ने ईच्छा जाहेर गरेको उनको भनाई छ ।

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?