युवा नेता बम सहित कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

भदौँ २१ कंचनपुर ,
नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम सहित एमालेबाट स्थानीय तहको चुनाव जितेका कृष्णपुर नगरका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी रोजेका छन ।
एमाले कञ्चनपुरका पुर्व जिल्ला कमिटि सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम नेतृत्वमा दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकिकृत समाजवादी रोजेका हुन । कृष्णपुरका तीनै जनप्रतिनिधीले एमाले परित्याग गर्दै सोमबारदेखि औपचारिक रुपमा समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
सोमबार कृष्णपुर नगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिह चौधरी, ९ का वडाध्यक्ष छत्र महरा र वडा सदस्य रुकुम सिह ठगुन्नाले निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेको सनाखत गरेका छन । ‘अहिले पहिलो दिन कृष्णपुरका केही जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन, ‘कृष्णपुरका युवा नेता बमले भने, ‘अझै समाजवादी पार्टी प्रवेस गर्नेहरुको ओईरो लाग्छ ।’

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?