भदौ १९ कञ्चनपुर । औषधी व्यवसायी संघ जिल्ला शाखाले नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिमा कञ्चनपुरबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कञ्चनपुरले प्रदेशका निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय सदस्य तथा भूतपुर्व केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।
नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले नेपाल कञ्चनपुर जिल्लाबाट औषधी व्यवसायी संघ सुप प्रदेशको समितिमा पदाधिकारी तथा सदस्य निर्वाचितलाई सम्मान गरेको बताए ।
अध्यक्ष बुडाका अनुसार प्रदेश खुद्रा उपाध्यक्ष कैलाशचन्द्र भट्ट, महासचिव गजेन्द्र देव लेखक, उप कोषाध्यक्ष साईबा राना, सदस्य घनश्याम कलौनी, अर्जुन सिह कठायत, जितराज भट्ट, देवराज चौधरी, प्रतिधिर भण्डारी र केन्द्रीय सदस्य ललितानन्द जोशी र भूतपुर्व केन्द्रीय सदस्य बिरेन्द्र तिवारीलाई सम्मान गरिएको बताए ।