काँग्रेस महाधिवेशन: कञ्चनपुर क्षेत्र नम्बर २ का केही वडाहरुमा सहमति

 १७ भदौँ कञ्चनपुर ।आशन्न नेपाली काँग्रेसको महाधिवेशनका लागि चार पटक समय तोकिएर हुन सकेन । तर, वडाबाट छनौट हुने वडा समिति, क्षेत्रीय प्रतिनिधी छनौटका लागि किचलो भईरहेका बेला कञ्चनपुरको क्षेत्र नम्बर २का तीनै तहमा रहेका केही वडाहरुमा सहमतीय आधारमा वडा समिति, क्षेत्रीय प्रतिनिधीको टुङगो लागेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २का युवा नेता पवन नेपालीले क्षेत्रका अगुवा नेताहरुको प्रयासमा सहमतीय आधारमा वडा समिति, क्षेत्रीय प्रतिनिधीको टुङगो लागेको बताए । उनका अनुसार बेदकोट नगरपालिका ५ मा चित्रदेव भट्ट, ६मा जयदेव जोशी, ८मा दल बहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका ६मा दान बहादुर खाती, ७मा अर्जुन बहादुर मल्ल, ९मा चक्र बहादुर ऐर र कृष्णपुर नगरपालिका ४मा दिलिप सिह भण्डारी, ७मा हरिसिह गैराल, ९मा कैलाश बलायर वडा सभापतिमा चयन भएका छन ।

‘क्षेत्र नम्बर २मा अधिकाँस वडाहरुबाट वडा समिति र त्यहाँबाट क्षेत्रीय प्रतिनिधी सहमतीय आधारमा छनौट भईरहेका छन, ‘उनले भने, ‘क्षेत्र दुईमा सहमतीय आधारमै टुङग्याउने प्रयास जारी छ ।’

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?