कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

कञ्चनपुर,२६ जेठ । कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०.४१ क्यूफिट आँप, टुडी,मसला, सिसम लगायतको अवैध काठ बरामद गरेको जानकारी दिए ।

बरामद गरिएको काठसहित सञ्चालक भट्टलाई आवश्यक कारवाहीका लागि जिल्ला सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै बुधबार बिहान प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ४ बाट समेत बेवारिसे अवस्थाको काठ बरामद गरेको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार ८.४७ क्युफिट काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?