सात हजार २२० थपिए, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

काठमाडौं, जेठ १० गते । नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार २२० जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका जम्मा पोजेटिभ संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार १३५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोनामुक्त भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८५ जना कोरोना सङ्क्रमितको निधन भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट भएका मृत्युको संख्या छ हजार ५३१ पुगेको छ । हाल ९२४ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?