प्रधानमन्त्रीलाई निरु पालको सुझाव: संघीयता खारेज गरिदिनुस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले भनिन् ।

पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी थिइन् ।

संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदको सिट संख्या १०५ र केन्द्रको मन्त्रिपरिषद बढीमा १५ सदस्यीय बनाउँदा राज्यलाई आर्थिक भार निकै घट्ने नेतृ पालले बताइन् ।

विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् ।
संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ ।

‘मैले तीन वर्ष पहिला पनि भनेको छु’ पालले  भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन । नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन् । दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो ।’

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?