निर्मला प्रकरणः एसपी विष्ट सहित आठ जना निर्दोष ठहर,के को आधारमा पाए सफाइ ?

देवेन्द्र खड्का
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा २ वर्ष देखी मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन् ।

निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका हुन् ।

बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो ।

यातना दिएको कसुरमा प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिप सिंह विष्टको शरिरमा कुनै प्रकारको चोटपटक नलागेको,अदालतमा आफुलाई प्रहरीले यातना दिएको भनि नखुलाएको आधारमा र प्रमाण नष्ट गरेको कसुरमा निर्मलाको लाश पानीमा डुबेकोले शरिरमा हिलो लागेको भएर निजको शरिरमा कुनै चोटपटक लागेको छ वा छैन भनि हेर्न निजको शरिर तथा कपडा धुने काम पनि अनुसन्धानको बाटो भएको आधारमा उनिहरुलाई सफाइ दिने फैसला सुनाइएको कंचनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताए ।

अनुसन्धानमा खटेका तत्कालीन कञ्चनपुरका प्रहरी उपरिक्षक दिल्लीराज विष्ट, प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी, जवान चाँदनी साउँद र केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका प्रहरी नायव उपरिक्षक अंगुर जिसीमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा र प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दिलिपका दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७५ साल चैतमा उनिहरु धरौटीमा रिहा भएका थिए ।

डीएसपी अंगुर जिसी यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी छुटेका थिए भने तत्कालीन एसपी दिल्लीराज विष्ट प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

त्यस्तै दुबै मुद्धामा इन्स्पेक्टर एकेन्द्र खड्का र डीएसपी ज्ञानबहादुर सेठीलाई जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

त्यसैगरी, प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख, सई हरसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको थियो ।

तत्कालीन एसपी विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी निरिक्षक जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ भने अरु सबै प्रहरी निलम्बनमा छन् ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?