पूर्व जनप्रतिनिधि भन्छन्– ममाथि बम प्रहार भयो, प्रहरी भन्छ– प्रमाण भेटिएन

जनकपुरधाम । सिरहामा एकजना पूर्वजनप्रतिनिधि उपर आक्रमण गरिएको छ । साविकको औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो ।

हालको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको र छर्रा लागेर सामान्य घाइते भएको परिवारजनले बताएका छन् ।

परिवारका सदस्यहरुले बम आक्रमण भएको भने पनि प्रहरी भने बम पड्किएको जस्तो नदेखिएको बताउँछन् । सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताए । ‘हामी अहिले घटनास्थलमै छौं,’ उनले भने, ‘खरानी र बारुद कतै फेला परेको छैन ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए । अनलाइनखबर 

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?