सुदूरपश्चिममा थप ८५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आज थप ८५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार थप ८५ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या ३ हजार ६ सय ७८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका १४ जना, बैतडीका ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बाजुराका २० जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यता धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा कैलालीका १२ जना,डडेल्धुराका ५ जना र कञ्चनपुरका २८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

प्रदेशमा हालसम्म संक्रमितहरुमध्ये कोरोनाका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएको छन् ।

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?