कञ्चनपुरः महिलामाथी दुव्र्यवहारको आरोपमा वडाध्यक्ष नाथ पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन् ।

गएराती  मदिरा सेवन गरी भीमदत्त नगरपालिका–९ स्थित बह्मदेव बजारमा स्थिानिय महिलामाथी दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष नाथ पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेर लठ्ठ भएका नाथले महिलालाई दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

‘मदिराको मातमा महिलामाथी दुव्र्यवहार गरेको आरोप पछि हामीले वडाध्यक्षलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौ ।’ डिएसपी थापाले भने ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अंगालो हाल्दै अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।

‘वडाध्यक्षले महिलालाई अंगालो हाल्दै अपशब्द प्रयोग गरी दुव्र्यहार गरेका छन् ।’ एक जना स्थानीयले भने । घटना पछि बिहिवार राती ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्ष जस्तो मान्छेले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोसित स्थानीयहरुले सीमा प्रहरी चौकी ब्रह्मदेव घेराउ गर्दै कारबाहीको माग सहित नाराबाजी गरेका थिए ।

घटना पछि राती वडाध्यक्षलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी ब्रह्मदेवमा राखिएको थियो । अहिले वडाध्यक्ष नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु(याइएको छ ।

हाल घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?