फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पीसीआर जाँच्ने

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले बताए ।

नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिन राखिएको छ । यसको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेको अस्पतालका एसएसपी सञ्जय श्रेष्ठले बताए । ‘केही प्राविधिक पक्ष मिलाउन बाँकी छ, केही दिनपछि पूर्ण रुपमा सञ्चालनमा आउँछ’, श्रेष्ठले थपे ।

अभियुक्तको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाका अनुसार ८ असारमा जिल्ला अदालत, काठमाडौंले पीसीआर रिपोर्ट नल्याएको भन्दै विद्युतीय कारोबार सम्बन्धी ऐनका एक अभियुक्तलाई फिर्ता गरिदिएको थियो ।

थापाले भने, ‘अदालतले अभियुक्तसँगै रहने सुरक्षाकर्मीको पनि पीसीआर जाँच्न भनेको थियो ।’ तर, प्रहरी अधिकृतलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा प्रहरीकहाँ नै जाँच्ने भन्दै फर्काइयो ।

‘पहिले प्रयोगशालामा पठाउँदा प्रहरीले नै जाँच्छ भनेर फर्काइएको थियो, प्रहरी अस्पतालमा अहिले पसीआर उपकरण जडान भएको छ’, थापाले सुनाए, ‘हाल प्रहरी अस्पतालमै स्वाब संकलन गरेर प्रयोगशाला पठाउने गरिएको छ ।’

मिसनमा जान पनि पीसीआर रिपोर्ट

नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ ।

यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

‘एकपटकको टेण्डर रद्द भएको छ र दोस्रो पटक फेरि टेण्डर खुलाउँदैछौं’, उनले भने, ‘यो सैनिक अस्पतालमा राखिनेछ ।’

सेनाले विदामा गएका सैनिकहरुलाई पनि पीसीआर परीक्षण गरेर मात्र ब्यारेकमा राख्ने गरेको छ । त्यसैले पनि पीसीआर मेसिन सैनिक अस्पतालमा राख्नु आवश्यक रहेको जंगीअड्डाका अधिकारीहरुको भनाइ छ ।

सरकारले दैनिक पीसीआर जाँचलाई बढाउँदै लैजाने तयारी स्वरुप सुरक्षा निकायलाई पनि पीसीआर जाँच गर्न दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले खरिद गर्न लागेको पीसीआर मेसिन बलम्बुस्थित कोभिड विशेष अस्पतालमा राखिनेछ । त्यहाँ सशस्त्र प्रहरीका अधिकारीहरुको जाँच हुनेछ ।

हालसम्म नेपाली सेनामा ५२ जना अधिकारीमा कोभिड–१९ संक्रमण देखिएको छ भने २५ जना निको भइसकेका छन् । नेपाल प्रहरीका ८२ जना संक्रमित रहेको प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् ।

सशस्त्र प्रहरीमा ४३ जना संक्रमित छन्, तीमध्ये २५ जना निको भइसकेको सशस्त्र प्रहरी प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए । [यो समाचार अनलाईनखबरमा गौरव पोखरेलले लेखेका छन् ।]

ताजा खबर

१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको...

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार 

कञ्चनपुर, १५ पुष  नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका...

राप्रपा पुर्नवास नगर अध्यक्षमा जैशी 

धन सिह धामी  कञ्चनपुर १२ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्नवास...

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?