सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२.७ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात ५०.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब १३ करोड ५० लाख विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्व परिचालन बाट ६० करोड ७० लाख ३० हजार, नेपाल सरकारबाट राजस्व बाडफाड भई प्राप्त हुने अनुमानित ७ अर्ब ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय व्यवस्थापन आयोगबाट बाडफाँड भरुई ७ करोड, वित्तिय समानिकरण बाट ८ अर्व ७ करोड ६८ लाख, ससर्त अनुदानबाट ४ अर्ब ३९ करोड ३५ लाख, सम्पुरक अनुदानबाट १ अर्व २६करोड २९ लाख, विशेष अनुदानबाट ४८ करोड ५० लाख, विकास साझेदारहरुबाट बजेट प्रणाली मार्फत परिचालन हुने सहायता रकम १ अर्व ८९ लाख १५ हजार र चालु आर्थिक वर्षकै मौज्दात १० अर्व ५९ लाख ३६ करोड रहेको मन्त्री रावलले बताएका छन् ।

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?