लकडाउनका कारण ब्लड बैंकमा रगतको अभावः लियोद्धारा साताव्यापी रक्तदान

महेन्द्रनगर । विश्ववभर फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ ।

लकडाउन गरेपछि रक्तदानका कार्यक्रम पनि स्थगित भए संगै कञ्चनपुरको महेन्द्रनगर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र जिल्ला शाखामा रगतको अभाव भएको छ ।

लकडाउनका कारण रक्तदानका कार्यक्रम नभएको हुदा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी रत्त संचार सेवा केन्द्र जिल्ला शाखाका ल्याब ईन्चार्ज नरेन्द्र देव जोशीले बताए ।

उनले भने ‘ब्लड बैंकमा रहेको मौज्दात रगत पनि सकिएकोले रगत अभाव भएको हो ।’

यद्यपी रगत अभावको समस्यालाई मध्यनजर गर्दै जिल्ला स्थित लियो क्लव अफ शुक्लाफाटा स्माइलले साताब्यापी रत्तदान कार्यक्रम शुरु गरेको ल्याब ईन्चार्ज जोशीले बताए ।

लकडाउनका कारण रेडक्रसमै रगतको अभावले गर्दा विरामी समस्यामा पर्ने गरेको खबर पाएपछि समस्या समाधानका लागी लियो क्लब अफ शुक्लाफांटा स्माइलले शुक्रवारदेखी साताव्यापी रक्तदान कार्यक्रम शुरु गरेको लियो क्लब अफ शुक्लदाफांटा स्माइलका अध्यक्ष देवेन्द्र खड्काले बताए ।

उनले भने ‘ कोरोना संक्रमणको जोखीमलाई ध्यानमा राख्दै एक दिनमा १० जनाले मात्र रत्तदान गर्ने छन् । र यो कार्यक्रम एक साता सम्म संञ्चालन गरीने छ ।’

रत्तदान गर्न इच्छुक जोकसैले पनि रत्तदान गर्न सक्ने अध्यक्ष खड्काले जानकारी दिए ।

लियो क्लब अफ शुक्लाफांटा स्माइले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?