डब्लूएचओका प्रमुख टेड्रोसलाई ज्यान मार्ने धम्की !

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् ।

महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो । ‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए । तर उनले कसले धम्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दावी छ ।अन्नपुर्ण

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?