बेलायतमा कोरोना संक्रमणबाट पूर्वगोर्खा सैनिकको निधन

काठमाडौं । बेलायतमा कोरोना भाइरसरबाट एक जना नेपालीको निधन भएको छ। तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो ।

५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

नेपालको पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोरखा सैनिक गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए ।

गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले शोक व्यक्त गरेको छ ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक संखुवासभाका लीलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो ।थाहाखबर

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?