सुदूरपश्चिममा कोरोनाको उच्च जोखिम देखिएपछि स्वास्थ्यमन्त्री ढकाललाई लेखकको गरे फोन

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूर पश्चिम् प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार मात्र कैलाली र कञ्चनपुरमा ३ जना कोरोना संक्रमण भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढन सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेता लेखकले ट्वीट गर्दै भनेका छन् बढी टेस्ट गर्न प्रयोगशाला ,अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ ।

त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्नुपर्नेमा जोड दिए ।

सुदूर पश्चिमको पछिल्लो अवस्थाका र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफिन मार्फत कुराकानी भएको छ ।

कुराकानीका क्रममा नेता लेखकले सुदुर पश्चिममा लाखौँको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला , उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।

मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदूर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था र परिक्षणको दायरा बढाउन सरकारले आवश्वक प्रक्रियाअघि बढाउने आश्वासन दिएको लेखकका स्वकीय सचिब जनक भट्टले जानकारी दिए ।रातोपाटी

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?