जनतालाई लकडाउनले सास्तीः लेकम–६ वडाध्यक्षको कार्यालयमै मस्ती

महेन्द्रनगर २३ चैत ।

नोबेल कारोना भाईरसको संक्रमण विश्वभर महामारीका रुपमा फैलिदोँ छ । त्यसको संक्रमण रोक्नका लागि सरकारले देशभर चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ ।
आम नागरिकलाई घर बाहिर ननिस्कन अपील गरेको छ । तर दार्चुलाको लेकम गाँउपालिका–६ का वडाध्यक्ष कमलापती मिश्रले भने कार्यालयमै भोजभतेर गरेको आरोप लागेको छ ।

स्थानीयका अनुुसार आईतबार राति वडाध्यक्ष मिश्रले वडा कार्यालयमै पाटी गरेका हुन् । स्थानीय दिपेन्द्र साउदका अनुसार वडाध्यक्ष मिश्रले शैल्यशिखरबाट आएको आफ्न्तसँग पाटी गरेका हुन् ।
उनले कार्यालयमै खसी काटेर दारु समेत पिएर जथाभावि समेत गरेको स्थानीयको भनाई छ । साथै उनिहरुले रक्सी मादक पदार्थ सेवन गरेर स्थानीयलाई दुव्र्यहार समेत गरेको स्थानीयको आरोप छ ।

स्थानीयलाई दुव्र्यहार गरेपछि वडाध्यक्षलाई कार्यालयमै थुनेको स्थानीय साउदले बताए । वडाध्यक्ष जस्तो मान्छेले यस्तो महामारीको समयमा कार्यालयमै पाटी गर्नु दुखद हो । स्थानीय साउदले भने वडा कार्यालयमै पाटी गरेपछि स्थानीय आक्रोसित भएका छन् ।

साथै वडा कार्यालय नजिकै लकडाउनको समयमा रक्सी पसल खुला गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले रक्सी बरामद गरेको छ । भने दोसीलाई जरिवाना समेत गराईएको छ ।

वडाध्यक्ष मिश्रले भने आफुले कुनै गल्ती नगरेको दावि गरेका छन् । उनले आईतबार राति आफु कार्यालयमै रहेको स्वीकार गरेपनि कुनै पाटी आयोजना नभएको बताए । साथै उनले केही स्थानीयले आफु विरुद्ध दुसप्रचार गरेको आरोप समेत लगाए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?